दार्चुला : कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा ग्वाल्लेक ग्रुपका कार्यकारी निर्देशक पिताम्बर जोशीले बाढी पहिरो पिडितलाई खाद्यान्न सहयोग गरेका छन् ।
जिल्लाको दुहुँ गाउँपालिकाका बाढी पहिरो पिडितलाई खाद्यान्न सहयोग गरेका हुन् ।
भदौ १३ गते राती भएको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी प्रभावित परिवारलाई ९ क्वीण्टल चामल, ७५ किलोग्राम दाल, १ सय २० गोटा साबुन, १ सय प्याकेट १ किलोग्राम लागुधुने सोडा र ५ सय थान मास्क सहयोग गरेको ग्वाल्लेक ग्रुपका कार्यकारी निर्देशक पिताम्बर जोशीले जानकारी दिए ।
नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय उपाध्यक्ष एवं नेपाली कांग्रेस दार्चुलाका नेता गणेश दत्त भट्टको विषेश पहलमा जोशीले बाढी पहिरो पिडितका लागी खाद्य सामग्री सहयोग गरेको दुहुँ गाउँपालिका राहत संकलन समितिका संयोजक सुरेन्द्र बहादुर बमले जानकारी दिए । बरिष्ठ उपाध्यक्ष तथा ग्वाल्लेक ग्रुपका कार्यकारी निर्देशक जोशीले उपलब्ध गराएको खाद्यान्न प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको रहोबरमा सदरमुकाम खलंगामा दुहुँ गाउँपालिकाका उपाध्यक्ष ईस्वरी जोशी तथा अधिकृत छैटौं भुपेन्द्र सिंह बडाललाई हस्तान्त्रण गरिएको ग्वाल्लेक ग्रुपका दार्चुलाका प्रतिनिधि भानदेव बडूले जानकारी दिए ।
बाढी पहिरो पिडितका लागी दिएको खाद्यन्न सामग्री बुझ्दै गाउँपालिकाका उपाध्यक्ष ईस्वरी जोशीले आपत विपद परेको बेला सहयोग गर्ने जोशीलाई विषेश धन्यबाद व्यक्त गरेका थिए । जोशीको मालिकार्जुन गाउँपालिका–७ श्रीपुर घर हो ।