बझाङ : बझाङका १७ बर्षिय विजयराज जोशी ‘कोभिड हिरोज्’ बाट सम्मानित भएका छन् । कोरोना महामारीमा कोभिड नियन्त्रण तथा व्यवस्थापनमा गरेको महत्त्वपूर्ण योगदान गरेको भन्दै कन्सोर्टियम नेपालले कोभिड हिरोजबाट सम्मानित गरेको हो ।
जोशीले कोरोना महामारीमा बालबालिकाहरुलाई कोभिड संक्रमणबाट बच्न र रोकथाम नियन्त्रण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । उनी बालअधिकार सम्बन्धी जनचेतना कार्यक्रम ,बालसहभगितका कार्यक्रम लगायत थुप्रै काम गर्दै आएका छन्।
उनी धनगढीको एक्सिस विद्याश्रम माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छन् सँगै राष्ट्रिय किशोर सञ्जाल नेपालका अध्यक्ष र नगर बाल सञ्जाल धनगढीका समेत अध्यक्ष हुन्।
कन्सोर्टियम नेपालले राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा बालबालिकाले कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनमा योगदान पुर्याएकोयोगदानको कदर गर्दै देशभरका ८ जना बालबालिकालाई कोभिड हिरोज् बाट सम्मानित गरेको छ । विजयराज जोशी सुदूरपश्चिमबाट सम्मानित हुने ब्यक्ति हुन् ।