काठमाडौं । स्वास्थ्य शिक्षा सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले आज अमेरिकाको न्युयोर्कमा शान्तिपुर्ण प्रदर्शन गर्नुहुने भएको छ ।
विश्व शान्ति दिवसको अवसरमा आज न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय अघिल्तिर हुने प्रदर्शनमा सहभागी हुन उहाँ हिजो नै न्युयोर्क पुग्नु भएको छ ।
उहाँले आज प्रदर्शनका क्रममा मुख्य चारवटा विषय उठाउनुहुने जनाइएको छ । डा. केसीले आज विश्वमा बढ्दै गएको द्वन्द्वलाई न्यूनीकरण, बढ्दै गएको पर्यावरणीय विनाशमा कमी, सबैका लागी शिक्षा र स्वास्थ्य तथा सबैका लागि कोभिडविरुद्धको खोप उपलब्ध होस भन्ने माग राख्दै शान्तिपुर्ण प्रदर्शन गर्न लाग्नु भएको हो ।
यी चारवटै विषयहरु विश्वकै माग भएको र यसबाट नेपाल पनि अछुतो नभएकोले यो प्रदर्शनबाट विश्वको ध्यानाकर्षण हुनेमा आफु विश्वस्त भएको उहाँको भनाई छ ।