KhabarUjyalo

कञ्चनपुरमा भारतीय तस्करबाट निर्घात कुटिए सशस्त्र प्रहरीका ३ जवान

५ आश्विन २०७८, मंगलवार
कञ्चनपुरमा भारतीय तस्करबाट निर्घात कुटिए सशस्त्र प्रहरीका ३ जवान

कञ्चनपुरमा भारतीय तस्करबाट सशस्त्र प्रहरीका ३ जना जवान निर्घात रुपमा कुटिएका छन् ।

सोमबार राति ८ बजे नेपाल भारत सीमा क्षेत्रस्थित दोधारा चाँदनी नगरपालिका वडा नं. ८ मा कुटिएका हुन् ।

स्थानीयका अनुसार नेपाली भूमीमा भारतीय नम्बर प्लेटको मोटर साइकलमा तस्करले चिनीलगायतका साम्रग्री ओसार पसार गरिरहेका थिए । सशस्त्र प्रहरीले तिनीहरुलाई रोकेर नियन्त्रणको प्रयास गरेको थियो । तर ८ जनाको समूहमा रहेको तस्करहरुको समूहले उल्टै प्रहरीलाई नै घेराबन्दीमा पारेर कुटपिट गरेको हो । 

तस्करबाट कुटिनेमा प्रहरी जवान सुदिप सुनारलगायत ३ जना रहेका छन् । तर सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक विरेन्द्र ऐरले तरस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा तस्करहरुले ढुंगामुढा गरेको बताए । चोटपटक कसैलाई नलागेको उनको भनाइ छ । उनले घाइते प्रहरीहरुको पहिचान समेत खुलाउन चाहेनन् ।

तस्करबाट कुटिएका सशस्त्र प्रहरी जवान सुदिव सुनारले भने, ‘हामीहरु गस्तीको क्रममा दोधारचाँदनी नगरपालिका–८ मा थियौँ । त्यहीक्रममा एक जना भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चिनीको बोरा लिएर आइरहेको थिए । हामीले उसलाई रोकेर सोधपुछपछि उसले ओसार पसार गरिरहेको अवैध चिनी नियन्त्रणमा लिन खोज्दा ८÷९ जनाको समूह नै आएर कुटपिट गरे ।’

तस्करहरुको सो समूहले प्रहरीलाई कुटपिट गर्नुका साथै नियन्त्रणमा लिइएको मोटरसाइकल र चिनी पनि लगेको प्रहरीले जनाएको छ ।

तस्करको कुटाईबाट घाइते प्रहरी जवानहरुको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको बताइएको छ ।

कुटपिटको विरोध गर्दै राति नै स्थानीय युवाहरुले सो क्षेत्रमा प्रदर्शन समेत गरेका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo