KhabarUjyalo

मेयरलाई मुक्का प्रहार गर्ने युवक पक्राउ

४ आश्विन २०७८, सोमबार
मेयरलाई मुक्का प्रहार गर्ने युवक पक्राउ

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् । सोमबार पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्रा परेका पंगेनीमाथि दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको छ । मेयरमाथि मुक्का प्रहार गरेको आरोपमा बुटवल उपमहानगरपालिका र एमाले बुटवल उपमहानगर कमिटीको पहलमा उनलाई पक्राउ गरी कारवाही अघि बढाइएको छ ।

हाल पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको बताइएको छ । पंगेनी एमालेनिकट अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य हुन् भने मेयर सुवेदी एमाले रूपन्देहीका अध्यक्षसमेतहुन् ।

सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ स्थित ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि आफ्नै पार्टीका कार्यकर्ताले मुक्का प्रहार गरेका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo