KhabarUjyalo

कञ्चनपुरका अंशु बर्मा जसले १४ महिनामा टिकटकबाट डेढ करोड कमाए !

४ आश्विन २०७८, सोमबार
कञ्चनपुरका अंशु बर्मा जसले १४ महिनामा टिकटकबाट डेढ करोड कमाए !

कञ्चनपुर,४ असोज । पछिल्लो समय लोकपृय बनेको टिकटकबाटै युवायुवतीहरुले मनग्य आम्दानी गरिरहेको दाबी गर्दै आईरहेका छन् । अभिनय कलाले नभई टिकटकमा लाइभमा बसेर नै दिनमा लाखौ कमाईरहेको दाबी गर्दै आईरहेका छन् ।

यसै बिच कञ्चनपुरको भीमदत्त नगरपालिकाका २२ वर्षीय अंशु बर्मा टिकटक प्रयोगकर्ताका बीच परिचित छन्। अभिनय कलाले नभई टिकटकमा लाइभ गरेर उनी परिचित भएका हुन्। सुरुवातमा उनी सामाजिक सञ्जाल टिकटकमा आफ्नो अभिनय कला नै प्रस्तुत गर्थे। ‘सुरुमा त टिकटक लाइभबारे जानकारी नै थिएन, अभिनय कला मात्रै प्रस्तुत गर्थे,’ एक अन्तर्वार्तामा बर्माले भनेका छन्, ‘तर साथीहरुले सुझाव दिएपछि लाइभ बस्न थालेको हुँ। लाइभबाट आम्दानी हुन्छ भन्ने पनि जानकारी थिएन्। तर अहिले टिकटक लाइभबाटै दैनिक एक लाख १५ हजार कमाइरहेको छु।’

उनले १४ महिनामा टिकटक लाइभबाट मात्रै डेढ करोड कमाएको दाबी गरे। ‘टिकटककै आम्दानीबाट कञ्चनपुरमा घर किनेको छु,’ उनले अगाडि भनेका छन्, ‘गाडी पनि किनेको छु। अनि छिट्टै काठमाडौँमा घर किन्ने योजना छ।’ टिकटकबाट भइरहेको आम्दानी सामाजिक कार्यमा पनि लगाएको बर्माको अनुभव छ।

उनले कञ्चनपुरका अनाथालय र वृद्धाश्रममा पटकपटक आर्थिक सहयोग गर्दै आईरहेको उनले बताएका छन्। अहिले उनको टिकटकलाई ५ लाख बढीले फलो गरेका छन् ।   

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo