रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदीमाथि स्थानीयले मुक्का प्रहार गरेका छन् ।
केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करीब २ दर्जन घर क्षतिग्रस्त भएका थिए ।
स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए ।
सोमवार अवलोकनमा गएका मेयर सुवेदीलाई १ जना स्थानीयले मुक्का हानेका छन् ।