KhabarUjyalo

बाजुरामा एक शिक्षक मृत भेटिए

४ आश्विन २०७८, सोमबार
बाजुरामा एक शिक्षक मृत भेटिए

बाजुरा : बुढीनन्दा नगरपालिका १ कोल्टी तल्लो बजार नजिकै खेतमा एक शिक्षक मृत भेटिएका छन्। कञ्चनपुर घर भई सुजन वोर्डिङ्ग स्कुलमा कार्यरत शिक्षक गणेशप्रसाद रेग्मी मृत अवस्थामा फेला परेका हुन्। 

आफ्नै खेतमा घाँस काट्न जाने क्रममा एक जना महिलाले कोदो वारीमा मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए। बाहिर देखिने घाउ नरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्याल कोल्टीले जनाएको छ। रेग्मीको शव पोष्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo