बझाङ : बझाङमा नयाँ युवा नया सोच नेपाल बझाङ जिल्ला इकाइले संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । संविधान दिवसको अवसरमा नयाँ युवा नया सोच नेपाल बझाङ जिल्ला इकाइले दिप प्रज्वलन र शुभकामना आदानप्रदान गरेको हो ।
केदारश्युँ गाउपालिका उपाध्यक्ष निशा धामीको प्रमुख आतिथ्यतामा संस्थाका पदाधिकारी बझाङ जिल्लाका युवा, नेपाल प्रहरी, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यार्थी , स्थानीय ब्यापारि लागायतको सहभागीतामा शुभकामना आदानप्रदान एवं दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको नयाँ युवा नया सोच नेपाल बझाङ जिल्ला इकाइ सचीव बिकास बिष्टले जानकारी दिए ।