KhabarUjyalo

सरकारी टोलीद्वारा पश्चिम सेती निमार्णका लागि दवाव दिदै आएको बोलन्या थलीको गीत बिमोचन !

३ आश्विन २०७८, आईतवार
सरकारी टोलीद्वारा पश्चिम सेती निमार्णका लागि दवाव दिदै आएको बोलन्या थलीको गीत बिमोचन !

धनगढी,३ असोज ।
पश्चिम सेती आयोजना दबाब दिन निर्माण भएको बोलन्या थलीको गीतको बिमोचन गरिएको छ । शनिबार राष्ट्रिय योजना पश्चिम सेतीको बाध स्थल ढुङ्गाडमा एक कार्यक्रमका बिच बिमोचन गरिएको हो । पश्चिम सेती जल विद्युत आयोजनाको विस्तृत अध्ययनका लागि बीज्ञसम्मिलित उच्चस्तरीय टोलीले गितको सो गितको बिमोचन गरिएको बोलन्या थलीका संयोजक यादब जोशीले बताए । पश्चिम सेती निमार्णका लागि दवाव दिदै आईरहेको थलिले यस अघि पश्चिम सेतीको बाध स्थल ढुङ्गाडमै ७५० वटा डोका सहितको आन्दोलन समेत गरेको थियो । त्यस्तै थलीले डोटीमा दिउसै ७५० वटा टुक्की बालेको सरकारको खोजी गरेको थियो । पश्चिम सेती जलविद्युत निर्माणको माग गर्दै थलीले निर्माण गरेको भिडियो केही दिनमै युट्युबमा सार्बजनिक गरिने संयोजक जोशीले जानकारी दिए । गित बिमोचन कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्षले नेतृत्व गरेको टोलीमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० सुशिल भट्ट, अर्थ सचिव मधु मरासिनी, कानुन सचिव उदय सापकोटा, उर्जा मन्त्रालयका सहसचिव मधु भेटवाल, पूर्व उर्जा सचिव अनुप उपाध्याय लगायत १५ जना बीज्ञ टोलीको सहगागिता समेत रहेको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo