KhabarUjyalo

विभूषण वितरणप्रति ओलीको आपत्ति – संविधान दिवस हो कि बाउको मुख हेर्ने दिन हो ?

३ आश्विन २०७८, आईतवार
विभूषण वितरणप्रति ओलीको आपत्ति – संविधान दिवस हो कि बाउको मुख हेर्ने दिन हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसमा सरकारले राष्ट्र सेवा विभूषण प्रदान गरेकोप्रति आपत्ति जनाएका छन् । सरकारले राष्ट्रहितमा वास्तविक अर्थमा काम गरेका व्यक्तिलाई नभई अन्यलाई विभूषण दिएको भन्दै ओलीले आश्चर्य व्यक्त गरेका हुन् ।

‘फलानोको सुपूत्र महान, फलानोकी छोरी राष्ट्रसेवक, फलानोका बाउ महान्, फलानोकी आमा, श्रीमति महान् ! ,’ ओलीले भने, ‘आज संविधान दिवस हो कि बाउको मुख हेर्ने दिन हो ? छोराको मुख हेर्ने दिन हो ?’ सर्वोच्च अदालतको संवैधानिक इजलासमा जथाभावी फैसला गर्ने न्यायाधीशहरूलाई सरकारले विभूषण दिएको भन्दै ओलीले आश्चर्य जनाएका छन् ।    

‘कति भोका र जुका सत्तामा पुगेका छन् । लोकतन्त्र प्राप्तिका लागि लडेका, मरेका सहिदका सन्तान र आमा, बुबाले विभूषण पाउनुपर्ने तिनलाई खुसी पार्नुपर्नेमा सत्ताधारीका नातेदारलाई विभूषण र पदक बाँडिएको छ,’ ओलीले भने, ‘यदि विभूषण बोल्न सक्थे, हिँड्न सक्थे भने तिनका गलाबाट उफ्रिने थिए । विभूषण र पदकले लज्जाबोध मान्थे ।’

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo