KhabarUjyalo

डडेल्धुराको पर्शुराम नगरपालिकाका प्रमुख साउँदलाई सुप्रबल जनसेवाश्री विभूषण

३ आश्विन २०७८, आईतवार
डडेल्धुराको पर्शुराम नगरपालिकाका प्रमुख साउँदलाई सुप्रबल जनसेवाश्री विभूषण

धनगढी । डडेल्धुराको पर्शुराम नगरपालिकाका प्रमुख भीम बहादुर साउँदलाई सुप्रबल जनसेवा श्री विभूषण प्रदान गरिने भएको छ । देशकै अग्रणी निर्माण व्यवसायी साउँद सुदूरपश्चिमको आर्थिक, धार्मिक, शैक्षिक तथा सामाजिक क्षेत्रको विकासमा लामो समयदेखि योगदान पुर्याउदै आएका छन् ।

सुदूरपश्चिमको शिक्षा,स्वास्थ्य तथा धार्मिक क्षेत्रको विकास अतुलनीय योगदान पुर्‍याए वाफत साउँदलाई सुप्रबल जनसेवा श्री विभूषण प्रदान गर्ने निर्णय गरिएको हो । राष्ट्रपति  विद्यादेवी  भण्डारीले  संविधान  दिवसका  अवसरमा  विभिन्न  क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन् । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo