काठमाडौं । राष्ट्रिय योजना आयोग र लगानी बोर्डको टोली बहु–प्रतीक्षित आयोजना पश्चिम सेतीको स्थलगत अनुगमनका लागी डोटी पुगेको छ ।
राष्ट्रिय गौरवको आयोजना पश्चिम सेती जलविद्युत परियोजनाको स्थलगत निरीक्षणका लागि टोली डोटी पुगेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा रहेको टोलीमा अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासैनी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदय सापकोटा, लगानी बोर्डका सिइओ सुशील भट्ट, ऊर्जा मन्त्रालयका सह– सचिव मधुप्रसाद भेटवाल, ऊर्जा मन्त्रालयका पूर्व सचिव अनुप कुमार उपाध्याय र ऊर्जा विज्ञहरु रहेका छन् ।
टोलीले पश्चिम सेतीको मुख्य ड्याम बन्ने ठाउँ आदर्श गाउँपालिका वडा नं.५ तलारा क्षेत्रको अनुगमन गर्ने छ ।
टोली पश्चिम सेती निर्माण स्थलगत अनुगमनका लागी टोली डोटी आएको हो । डोटी पुगेको टोलीलाई स्थानीयले बाजागाजा सहित स्थानीयले भव्य स्वागत गरेका छन् ।
पश्चिम सेती परियोजना प्रदेशकै गौरवको आयोजना भएकाले चाँडै निमार्ण गर्नुपर्ने सुदूरपश्चिमवासीहरूको माग रहेको छ । सरकारीस्तरबाट आयोजनाको निरीक्षण हुने भएपछि सुदूरपश्चिमेली खुसी भएका छन् ।