५ कार्तिक २०७८, शुक्रबार

‘करिश्मा परिक्षा कस्तो भैरहेको छ ?’ :ओलीले फोन गरेर सोधे

२ आश्विन २०७८, शनिबार
‘करिश्मा परिक्षा कस्तो भैरहेको छ ?’ :ओलीले फोन गरेर सोधे

काठमाडौं, । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चर्चित नायिका करिश्मा मानन्धरलाई फोन गरेका छन् । नायिका मानन्धरले सामाजिक सञ्जाल फेशबुकमार्फत अध्यक्ष ओलीले आफूलाई फोन गरेको जानकारी दिएकी छिन् ।

उनले फोनमा केपी शर्मा ओली भनेर आउँदा सुरुमा आफू छक्क परेको पनि उल्लेख गरेकी छिन् । उनले फोनमा ओलीको आवाज सुन्दा आफूलाई घर मुलिले छोराछोरीसँग बोलेजस्तो लागेको जनाएकी छिन् ।

फोनवार्तामा ओलीले करिश्मालाई परीक्षा कस्तो चल्दैछ भनेर सोधेको पनि उनले उल्लेख गरेकी छिन् । उनले ठूलो मान्छे भएर पनि आफूजस्तो सामान्य कलाकारलाई फोन गरेको भन्दै ओलीलाई धन्यवाद दिएकी छिन् । उनले ओलीलाई बुवा भनेर सम्बोधन गरेकी छिन् ।

उनले फेशबुकमा यस्तो लेखेकी छिन्-फोन आउदा मेरो मोबाइल स्क्रिन मा K.P Sharma Oli भन्ने आयो म छक्क परे !!मजाक हो कि भन्ने पनि लग्यो तर वाहा हाम्रो देशको पुर्व प्रधानमन्त्री हुनुहुन्थ्यो ।उहाँको आवज सुन्दा घरको मुलिले छोराछोरीलाई गरे जस्तो सुनिन्थ्यो !!करिश्मा परिक्षा कस्तो भैरहेको छ ?हजुर ठिक छ सर !!तपाई के पि ओलि ?????अ हो बिश्वस लागेन !!!लागेन सर !!अनि वाहाले सुनाएको डुङ्गा को कथा सुनेर लाग्यो यो हाम्रो के पि जी हो ।आधुनिकता को यो दौडमा सद्भाव र मायाको दुरि मेटाउन येत्रो ठुलोमान्छे भयेर पनि सामान्य कलाकारलाई कल गरिदिनु भयेकोमा धन्यवाद के पि बुवा

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
88 Shares
Tweet
Share88
Share
Pin