KhabarUjyalo

भारतीय प्रधानमन्त्री मोदीको जन्मदिन २० दिनसम्म मनाइने

१ आश्विन २०७८, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदीको जन्मदिन २० दिनसम्म  मनाइने

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन भव्यरुपमा मनाउने तयारी सत्ताधारी भारतीय जनता पार्टीले गरेको छ।

भारतीय प्रधानमन्त्री मोदीको आज जन्मदिन हो र उनी ७१ वर्षका भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 
प्रधानमन्त्री मोदीको जन्मदिनको अवसरमा भाजपाले देशका विभिन्न स्थानमा भव्य कार्यक्रमहरुको आयोजना गरेको बीबीसी हिन्दीले जनाएको छ।  

त्यतिमात्र होइन मोदीको पार्टीले उनको जन्मदिन २० दिनसम्म  राष्ट्रव्यापी अभियानको रुपमा आयोजना गर्ने भएको छ। ‘सेवा र समर्पण अभियान’ नाम दिएको उक्त जन्मदिन विशेष अभियान ७ अक्टोबरमा समाप्त हुनेछ। आजको २० वर्ष पहिला मोदीले गुजरातको मुख्यमन्त्रीको रुपमा शपथ लिएका थिए। 

मोदीको जन्मदिन भव्यरुपमा मनाउने तयारी गरिएसँगै विपक्षी कांग्रेसले चर्को विरोध गरेको छ। कांग्रेसले २० दिनको समयावधिमा ‘राष्ट्रिय बेरोजगार दिवस’ को रुपमा मनाउने घोषणा गरेको छ। 

मोदीको जन्मदिनको कार्यक्रम मनाउन भाजपाले चार सदस्यीय समिति नै बनाएको छ जसको नेतृत्व कैलाश विजयवर्गीयले गरेका छन्। 

यस अभियानको रुपमा जिल्लास्तरमा रक्तदान शिविर र मोदीको जीवनीमा आधारित प्रदर्शनी गरिने भएको छ। त्यस्तै  पार्टी कार्यकर्ताको तर्फबाट लाखौंको संख्यामा जन्मदिनको शुभकामना लेखिएका पोस्टकार्ड पठाउने योजना रहेको बताइएको छ। 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo