५ कार्तिक २०७८, शुक्रबार

घरपरिवारले दिएको संस्कार नै बालबालिकाको सुन्दर भबिष्य हो : बाल अभियन्ता प्रेन्सा (भिडियो )

३० भाद्र २०७८, बुधबार
घरपरिवारले दिएको संस्कार नै बालबालिकाको सुन्दर भबिष्य हो : बाल अभियन्ता प्रेन्सा (भिडियो )

काठमाडौं : बाल अभियन्ता प्रेन्सा रेग्मीले राष्ट्रिय बाल दिवसमा ब्रह्माकुमारी राजयोग केन्द नेपालमा प्रवचन दिएकी छिन् । सुशील शालिन स्वभाव भएकी बाल अभियन्ता रेग्मीले प्रत्येक बालबालिकाको सुन्दर भबिस्यको लागि पुर्नकल्पनामा मिठो प्रवचन दिएकी थिइन् ।

पोखरा घर भएकी बाल अभियन्ता प्रेन्सा सानै उमेरबाट सामाजिक कार्यमा सक्रिय रहेकी छिन् । उनले अहिलेसम्म थुप्रै सामाजिक अभियान चलाईसकेकी छन् । कोरोना महामारीमा मास्क अभियान,फुड बैंक,बुक बैंक,सरसफाइ अभियान,१६ बर्ष मुनिका बालबालिकालाई मद्यपान,धूम्रपान सेवन नगर्न र बिक्रीबितरण नगर्ने अभियान लगायत अभियान थाली सकेकी छिन् ।

केही महिना अघि गृहमन्त्री बालकृष्ण खाँडलाई भेटेर बालिकामाथी हुने हिंसा,बलात्कार बारे कडा कानुन बनाउनु पर्ने भनेर माग राखेकी थिइन् ।

राष्ट्रिय बाल दिवसको अवसरमा मंगलबार ब्रह्माकुमारी राजयोग केन्द नेपाल काठमाडौंमा उनले बालबालिकाको सुन्दर भबिस्य र सुन्दर शान्त राष्ट्र बनाउन बालबालिकाकालाई सकारात्मक संस्कार दिनु पर्ने बताईन । बालबालिकालाई पढाएर मात्र नपुग्ने बालबालिकालाई व्यबहारिक ज्ञान दिनु पर्ने जोड दिईन । ‘सन्तानको लागि पहिलो गुरु परिवार हो, परिवार जस्तो संस्कार दियो,त्यस्तै संस्कार सन्तानले ज्ञान ग्रहण गर्ने गर्छन ।’ उनले भनिन् -‘बालबालिका सुनेको भन्दा पनि देखेकोलाई छिटो ब्यवहार उतार्न खोज्छन् ।’

अहिले समाजमा नकारात्मक सोचका कारण हत्या,हिंसा,बलात्कार,चोरी डकैतीका घटना बढेका छन् । यदि परिवारले आफ्ना सन्तानलाई सानो सकारात्मक संस्कार दिने हो भने परिवार,समाज,जिल्ला,प्रदेश,देश,बिश्व नै सकारात्मक दिशा तर्फ लाग्ने उनले बिश्वास गरिन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
238 Shares
Tweet
Share238
Share
Pin