११ आश्विन २०७८, सोमबार

कञ्चनपुरमा एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु,स्थानीयद्वारा सडक अवरुद्ध

३० भाद्र २०७८, बुधबार
कञ्चनपुरमा एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु,स्थानीयद्वारा सडक अवरुद्ध

धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिका -५ मा एम्बुलेन्सले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ । अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिदा साइकल चालक कृष्णपुर -५ का ४५ वर्षीय कृष्ण बहादुर ऐरको मृत्यु भएको हो।

साइकल चलकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर खण्ड अवरुद्ध गरेका छन् ।स्थानीयले कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका हुन्।

ठक्करबाट गम्भीर घाइते भएका ऐरको उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको र त्यसपछि सेती प्रादेशिक अस्पताल रेफर गरिएका उनको बिहान ७ बजे मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

बाँस्खेडा ऐरी रेडक्रस उपशाखाको एम्बुलेन्स र एम्बुलेन्स चालक भीमदत्त नगरपालिका -१६ का ४० वर्षीय गणेश विष्ट इलाका प्रहरी कार्यालय गुलरियाको नियन्त्रणमा लिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
26 Shares
Tweet
Share26
Share
Pin