११ आश्विन २०७८, सोमबार

बाल दिवसका अवसरमा लम्की बाल संजालद्वारा नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता

२९ भाद्र २०७८, मंगलवार
बाल दिवसका अवसरमा लम्की बाल संजालद्वारा नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता

लम्की : राष्ट्रिय बाल दिवसका अवसरमा लम्कीमा नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । “सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने नारा सहित लम्की बाल संजाल कैलालीको आयोजनामा नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको हो।

हाजिरी प्रतियोगितामा लम्कीचुहा नगरपालिकामा रहेका सामुदायिक तथा संस्थापक गरि १२ विद्यालयहरुको सहभागिता रहेका थिए ।प्रतियोगितामा बालकल्याण मा बि भुरुवा प्रथम, उज्यालो शिक्षा सदन लम्की द्वितीय र सरस्वती मावि भुरुवाले तृतीय स्थान प्राप्त गरेका लम्की बाल संजाल लम्कीका अध्यक्ष बिनोद थापाले जानकारी दिए । लम्की बाल संजाल लम्कीका अध्यक्ष बिनोद थापाको सभापतित्वमा भएको कार्यक्रममा लम्कीचुहा नगरपालिका शिक्षा शाखा प्रमुख गौरीकान्त न्यौपाने प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा विशिष्ट अतिथि युवा समाजसेवी राजबहादुर शाही, नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति एवम् बालकल्याण मावि भुरुवाका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैना, लम्कीचुहा नगरपालिका महिला तथा बालबालिका शाखाका निर्मला पोखरेल, सेवक नेपाल कैलालीका दुर्गाप्रसाद ढुंगाना ,वातावरण संरक्षण समाज लम्कीका अध्यक्ष प्रवीण आचार्य, शिक्षक तिलक गडतोला, कृष्ण देवकोटा, शरला शर्मा अधिकारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतियोगितामा प्रथम, दोस्रो ,तेस्रो स्थान प्राप्त गर्ने विद्यार्थी तथा विद्यालयहरुलाई ट्रफी, मेडल , प्रमाणपत्र वितरण गरिएको थियो । लम्की बाल संजाल लम्कीका सदस्य दिनेश नेपालीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन निर्मला बिकले गरेकी थिइन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
37 Shares
Tweet
Share37
Share
Pin