११ आश्विन २०७८, सोमबार

ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रमोद जोशी नियुक्त

२९ भाद्र २०७८, मंगलवार
ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रमोद जोशी नियुक्त

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोद जोशीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा जोशीलाई निमित्त मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गर्ने निर्णय गरेका हुन्। डा जोशी हाडजोर्नी रोग विशेषज्ञ हुन्। उनी १० औं तहका कर्मचारी हुन्। 

मन्त्रालयले डा सन्तोष पौडेललाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीबाट हटाउँदै डा जोशीलाई जिम्मेवारी दिएको हो। मन्त्रालयका अनुसार डा पौडेललाई कान्ति बाल अस्पतालमा पठाइएको छ। उनको काज भने ट्रमा सेन्टरमा नै राखिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
98 Shares
Tweet
Share98
Share
Pin