११ आश्विन २०७८, सोमबार

धनगढीमा ५७ औं राष्ट्रिय बाल दिवस मनाईयो

२९ भाद्र २०७८, मंगलवार
धनगढीमा ५७ औं राष्ट्रिय बाल दिवस मनाईयो

धनगढी : धनगढीमा ५७ औं राष्ट्रिय बाल दिवस मनाईएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको आयोजनामा सिविन नेपाल र ओरिक नेपालको सहयोगीमा नगर बाल संजालको समन्वयमा राष्ट्रिय बाल दिवस मनाएको हो ।

कार्यक्रममा कोरोना महामारीमा बालबालिकाले भोक्नु परेका समस्या र उक्त समस्यामाले बालबालिकामा परेको मानिसक समस्या र त्यो समयमा बालबालिकामा कस्ता घटना बढे भन्ने बिषयमा छ्लफल भएको थियो ।

मानसिक रोग विशेषज्ञ भुपेन्द्र गुरुङले कार्यक्रममा सहभागी बालबालिकाकाले राखेका जिज्ञासा र लकडाउनमा बालबालिकाले खेप्नु मानसिक समस्याबारे अन्तरक्रिया गरेका थिए ।

यस्तै जिल्ला प्रहरी कैलालीका प्रवक्ता तथा डिएसपी प्रतीक बिष्टले बालबालिकामाथी हुने हिंसा र हिंसामा परेका बालबालिकाले कसरी प्रहरीमा उजुरी गर्ने भन्ने बारे जानकारी दिए । बालबालिका हिंसा र सामाजिक संजालमा बढ्दो घटना बारे पनि जनचेतना गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डिएसपी प्रतिक बिष्टको अध्यक्षता कार्यक्रम भएको थियो । कार्यक्रममा अतिथि धनगढी उपनगरपालिकाकि महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत अनिता बुढाऐर,ओरेक नेपालकि काउन्सिलर जयकला चौधरी र सिबिन नेपाल धनगढीका कार्यक्रम संयोजन हरीलाल चौधरीले रहेका थिए।

कार्यक्रममा २५ जना बालबालिका सहभागी रहेका थिए । कार्यक्रम नगर बाल संञ्जालका उपाध्यक्ष लक्ष्मी जोशीले संचालन गरेकी थिइन् ।

हरेक बर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस मनाउदै आएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
125 Shares
Tweet
Share125
Share
Pin