११ आश्विन २०७८, सोमबार

दार्चुलामा पहिलो पटक ५ बर्ष मुनीका बालिकामा देखियो कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार
दार्चुलामा पहिलो पटक ५ बर्ष मुनीका बालिकामा देखियो कोरोना संक्रमण

दार्चुला। जिल्ला अस्पताल दार्चुलामा सोमबार परिक्षण गरिएका दुई जना बालिकामा कोरोना संक्रमण भेट्टीएको छ । अत्याधिक ज्वरो र रुघाखोकीका लक्षण सहित उपचारका लागी आएका उनिहरुमा कोरोना परिक्षण गर्दा संक्रमण भेट्टीएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर आदर्श लिम्बुले बताए ।

उनका अनुसार जिल्लाका २ वर्षिया र ४ वर्षिया बालिकामा पहिलो पटक कोरोना संक्रमण देखीएको छ । बालिकामा भेट्टीएको संक्रमण कोरोनाको तेस्रो भेरियन्टको हो वा होइन भन्ने बारे पिसिआर गरेपछि मात्रै पत्ता लाग्ने छ । दार्चुलामा अहिले एन्टिजेन मात्रै छ । सोमबार ८ जनामा गरिएको एन्टिजेन परिक्षणमा २ बालिका सहित ६ जनामा कोरोनाको संक्रमण भेट्टीएको हो । 

कोरोना संक्रमण भेट्टीएका दुवै जना बालिकालाई अहिले होम आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएको छ । उनिहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको तथा अक्सीजनको आवश्यकता नपरेको लिम्बूले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
12 Shares
Tweet
Share12
Share
Pin