डडेल्धुरा: डडेल्धुरा मेडिकल कलेजले कक्षा सञ्चालनको लागि स्वकृति पाएको छ ।
डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकरण ओझाका अनुसार चिकित्सा शिक्षा आयोगबाट ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजीको कक्षा सञ्चालनको अनुमति पाइएको जानकारी दिए ।
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको मेडिकल कलेजले अब कात्तिक १८ गते प्रवेश परिक्षा लिने र आगामी माघदेखि कक्षा सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।
त्यसका लागि चिकित्सा शिक्षा आयोगले १० जनाको कोटा पनि निर्धारण गरेको ओझाले बताए।
मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । त्यसैगरी, डडेल्धुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डिनको कार्यालय स्थापना गरिसकेको छ ।
भौतिक संरचना निर्माणका लागि डिपिआर निर्माणको काम पनि भइरहेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ ।