KhabarUjyalo

ड्युटी छोडेर घर बसेको पाइएपछि धनगढी नगर प्रहरी प्रमुख मल्लको जागिर चैट

१० आश्विन २०८०, बुधबार
ड्युटी छोडेर घर बसेको पाइएपछि धनगढी नगर प्रहरी प्रमुख मल्लको जागिर चैट

धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सई कृष्ण मल्लको जागिर चैट भएको छ। उनलाई पदबाट हटाइएको हो।

उपमहानगर स्रोतका अनुसार नगर प्रहरीका इन्चार्ज मल्ललाई नगरप्रमुख गोपाल हमालको निर्देशनमा हटाइएको हो।

मेयर हमालले हालै गरेको छड्के अनुगमनका क्रममा उनी ड्युटीमा नभेटिएर घर बसेको पाइएपछि जागिर गएको बताइन्छ।

उनको जागिर खोसिएपछि नगर प्रहरी असई चेतराज जोशीलाई जिम्मेवारी दिएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo