ओखलढुंगा । जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउापालिका–१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन् ।
एक २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप लगाएपछि धमलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती महिलाले यही पाँच गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएका थिए । महिलाको उजुरीपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई प्रहरीले मंगलबार वडाध्यक्ष धमलालाई पक्राउ गरेको हो ।
वडाध्यक्ष धमलालाई हिरासतमा राखी अनुसन्धान गर्नू भनी दिन ७ म्याद थप भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।