
प्रदेश सरकारले तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारले नियुक्त गरेका मोहनदेव विष्टलाई हटाएर पूर्वसचिव अनुपकुमार उपाध्यायलाई नियुक्त गरेको हो ।
आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहले उपाध्यायलाई नियुक्त गर्दै मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । उपाध्याय नेपाल सरकारका सेवा निवृत्त सचिव हुन् ।

मुख्यमन्त्री शाहले तत्कालीन सरकारले नियुक्त गरेका विष्टको पदावधि नसकिँदै उपाध्यायलाई नियुक्त दिएका हुन् ।