KhabarUjyalo

खुटिया खोलामा ढुंगा बालुवा चोरी गरिरहेको अवस्थामा ५ ट्याक्टर प्रहरी नियन्त्रणमा

९ आश्विन २०८०, मंगलवार
खुटिया खोलामा ढुंगा बालुवा चोरी गरिरहेको अवस्थामा ५ ट्याक्टर प्रहरी नियन्त्रणमा

धनगढीः कैलालीको गोदावरी नगरपालिका–९ खुटिया खोलाबाट प्रहरीले पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

आज विहान गोदावरी नगरपालिका–९ सेहरी र मुरकट्टीस्थित खुटिया खोलाबाट प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको हो।

खुटिया खोलाबाट अबैध रुपमा भइरहेको नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रहरी टोलीले ढुंगा बालुवा चोरी गरिरहेको अवस्थामा भे १ त ६०२२, सुदूरपश्चिम प्रदेश ०१००२ त ५३१८, से १ त ७४९६, सुदूरपश्चिम प्रदेश ०१००२ त ५७६७ र लु ५ त १३८७ नम्बरको ट्याक्टरको ट्राली समेत नियन्त्रणमा लिएको हो।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo