KhabarUjyalo

बाउन्स चेक दिने कैलालीका एक व्यक्ति पक्राउ

१ आश्विन २०८०, सोमबार
बाउन्स चेक दिने कैलालीका एक व्यक्ति पक्राउ

धनगढी । बाउन्स चेक दिने कैलालीका एक व्यक्ति पक्राउ परेका छन् ।

कैलाली जिल्ला अदालतको मिति २०७४ साल पुस १२ गतेको फैसलामा ५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना गरिएका टीकापुर नगरपालिका–२ अस्नेरीका ४४ वर्षीय प्रेमबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शाहीले ३२ लाख ५० हजार रकमको चेकको अनादर गरेका थिए ।

प्रहरीका अनुसार शाहीलाई आईतबार राति उनकै घरबाट पक्राउ गरेर सोमबार अदालतमा उपस्थित गराइएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo