KhabarUjyalo

धनगढीको एरिष्टो बिद्यालय नगरभित्रकै सर्वोत्कृष्ट विद्यालयबाट पुरस्कृत

१ आश्विन २०८०, सोमबार
धनगढीको एरिष्टो बिद्यालय नगरभित्रकै सर्वोत्कृष्ट विद्यालयबाट पुरस्कृत

धनगढी : धनगढीमा रहेको एरिष्टो माध्यमिक बिद्यालय नगरभित्रको सर्वोत्कृष्ट विद्यालयबाट पुरस्कृत भएको छ ।

धनगढी उपमहानगरपालिकामा आधारभुत तह कक्षा ८ को वार्षिक परिक्षामा सामुदायिक र संस्थागत बिद्यालयहरुमा सर्वोत्कृष्ट नतिजा ल्याउने एरिष्टो माध्यमिक बिद्यालयलाई धनगढी नगरपालिकाले पुरस्कृत गरेको हो ।

सोमबार धनगढी उपमहानगरपालिकाले नगरभित्र सर्वोत्कृष्ट नतिजा ल्याउने एरिष्टो माध्यमिक बिद्यालयलाई प्रसंशा पत्र र नगद ५० हजारबाट पुरस्कृत गरेको एरिष्टो माध्यमिक बिद्यालयका शिक्षक तेज कापडीले बताए ।

यस्तै उपमहानगर भित्रका सम्पुर्ण सामुदायिक तथा संस्थागत बिद्यालयहरुम बिद्यालय सबै भन्दा उच्च GPA (3.98) ल्याउने एरिष्टो माध्यमिक बिद्यालयकै प्रदिप गिरिलाई प्रसंशा पत्र र नगद पुरस्कार २० हजारले पुरस्कृत गरेको एरिष्टो माध्यमिक बिद्यालयका शिक्षक कापडीले बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo