KhabarUjyalo

सन्दीपविरुद्धकाे मुद्दामा अन्तिम सुनुवाइ आज

१ आश्विन २०८०, सोमबार
सन्दीपविरुद्धकाे मुद्दामा अन्तिम सुनुवाइ आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज (सोमबार) का लागि पेसी तोकिएको छ। काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।

नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दाको अन्तिम सुनुवाइका लागि पटकपटक पेसी तोकिए पनि टुंगो लाग्न सकेको छैन।यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवारको बसाइँसराई अभिलेख झिकाउन आदेश दिएको थियो ।

उक्त आदेशअनुसार सम्बन्धित स्थानीय तहले बसाइँसराइ सम्बन्धी विवरण गत साता जिल्ला अदालतमा पेस गरेकाले आजका लागि पेसी तोकिएको हो। अन्तिम सुनुवाइ सकिएपछि सन्दीपले सफाइ पाउने वा जेल जानुपर्ने फैसला हुनेछ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo