२१ मंसिर २०७९, बुधबार

धनगढीमा स्कारपियोले मोटरसाइकल र साइकललाई ठक्कर दिँदा दुर्घटना, ४ जना घाइते

१३ आश्विन २०७९, बिहीबार
धनगढीमा स्कारपियोले मोटरसाइकल र साइकललाई ठक्कर दिँदा दुर्घटना, ४ जना घाइते

धनगढी,१३ असोज ।  धनगढीमा स्कारपियोले मोटरसाइकल र साइकललाई ठक्कर दिँदा चार जना घाइते भएका छन् ।

शरीदगेट–क्याम्पस गेट रोड अन्तरगत धनगढी उपमहानगरपालिका–५ कर्भडहल नजिकै स्कारपियोले ठक्कर दिँदा चार जना घाइते भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले से १ प२०६९ नम्बरको स्कारपियोले सुपप्र ०१००९ प ९६७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएको जानकारी दिए ।

उनकाअनुसार स्कारपियोले साइकललाई समेत ठक्कर दिएपछि साइकलमा सवार व्यक्ति पनि घाइते छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo