२१ मंसिर २०७९, बुधबार

सरकार चलाउन सिकाउछु भन्नेलाई देउवाले तोरीको फूल देखाईदिए : गोकुल बास्कोटा

१३ आश्विन २०७९, बिहीबार
सरकार चलाउन सिकाउछु भन्नेलाई देउवाले तोरीको फूल देखाईदिए : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गरेका छन् ।


उनले ट्वीटरमा लेखेका छन्, बालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् ।’


‘देश जोगाउन माझी खोज्न हिंडेकाहरु कांग्रेसी आँगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्ण निन्द्रामै छ,’ बास्कोटाले लेखेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo