१८ मंसिर २०७९, आईतवार

धनगढीमा पनि भाटभटेनीको दशैं अफर : ३० सेकेन्डमा छान्न सकेजति सामान सित्तैमा !

१० आश्विन २०७९, सोमबार
धनगढीमा पनि भाटभटेनीको दशैं अफर : ३० सेकेन्डमा छान्न सकेजति सामान सित्तैमा !

धनगढी :भाटभटेनी सुपर मार्केटले दशैं तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै विभिन्न योजना सार्वजनिक गरेको छ ।

विभिन्न सामानको खरिदमा छुटको व्यवस्था गरेको भाटभटेनीले सामान खरिद गर्ने ग्राहकमध्ये प्रत्येक स्टोरबाट ३/३ जनालाई ३० सकेन्डमा छान्न सकेजति सामान पैसा नतिरि लैजाने योजना सार्वजनिक गरेको छ ।
सुपर स्टोरले विभिन्न सामग्रीमा १० देखि ३० प्रतिशतसम्मको छुटको योजना ल्याएको छ । ग्रोसरी आइटममा एक सामान खरीद गर्दा अर्को उपहार दिने योजना समेत ल्याएको भाटभटेनी सुपर स्टोर धनगढीका व्यवस्थापक विनोद भट्टराईले बताए । सुपर स्टोरले विभिन्न कम्पनीका ब्रान्डेड बिस्कुट, साबुन र स्याम्पुमा १० प्रतिशत, सबै प्रकारका गार्मेन्ट, सारी र कुर्तामा १०, फुटवेयरमा १० र गोल्डस्टार कम्पनीका फुटवेयरमा १५ प्रतिशत छुटको अफर ल्याएको छ त्यस्तै पेय पदार्थमा १० देखी २० प्रतिशत सम्म छुट रहेको भाटभटेनी सुपर स्टोर धनगढीका व्यवस्थापक भट्टराई बताए ।

त्यसैगरी इलेक्ट्रोनिक सामग्रीहरू टीभी, फ्रिज, वासिङ मेसिन लगायतका सामानमा ३० प्रतिशतसम्म छुट रहेको छ । चिनिको मुल्य प्रतिकेजी ६९ रुपैयाँ बिक्री रहेको भट्टराईले बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo