१८ मंसिर २०७९, आईतवार

धनगढीमा बाढीमा फसेका २९ जनाको उद्धार

९ आश्विन २०७९, आईतवार
धनगढीमा बाढीमा फसेका २९ जनाको उद्धार

धनगढी,९ असोज ।  अविरल वर्षापछि कैलालीको मोहना र खुटिया नदीमा आएको बाढीमा फसेका २९ जनाको उद्धार गरिएको छ ।

धनगढी उपमहानगरपालिका १८ नुक्लीपुरस्थित मोहना र खुटिया नदीको दोभानमा आइतबार साँझ करीब ६ बजे अचानक बाढी आउँदा २९ जना बाढीमा फसेका थिए ।

धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष भुवन रिजालका अनुसार फूलबारी डिपो बजार भन्दा २ किलोमिटर पश्चिममा पर्ने सो दोभान क्षेत्रमा फसेकाहरुको उद्धार गरिएको छ ।

पहिलो लटमा १६ जनाको र दोस्रो लटमा १३ जनाको सकुसलै उद्धार गरेको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक किसन टेरले जानकारी दिए ।

अन्ध्यारो भइसकेको समयमा नदीमा फसेकाहरुको आवाजको भरमा उद्धार गरिएको टेरले जानकारी दिए । उनीको उद्धार कार्य नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले गरेको हो ।

सो क्षेत्र नदी तटीय क्षेत्र हो । नदी पारि गाई बस्तु चराउन गएका तथा भारत गएकाहरु फर्किने क्रममा नदीमा फसेका हुन् । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo