धनगढीः सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कञ्चनपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ७ का ८४ वर्षीय वृद्धको बिहिवार कोरोनाका कारण मृत्यु भएको हो।
स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाइ उपचारका लागि सेती अस्पताल लगिएको थियो।