KhabarUjyalo

जेलमा दुई समूहबीचको झडपमा कम्तिमा ११६ जनाको मृत्यु

१४ आश्विन २०७८, बिहीबार
जेलमा दुई समूहबीचको झडपमा कम्तिमा ११६ जनाको मृत्यु

इक्वेडर । इक्वेडरको एउटा जेलमा भएको दुई समूहबीचको झडपमा कम्तिमा ११६ जनाको मृत्यु भएको छ । दक्षिण अमेरिकी देशको इतिहासमा यो सबैभन्दा ठूदमे जेलहिंसा भनिएको छ ।

गुयाक्वील शहरमा मंगलबार भएको झडपमा ५ जनाको मृत्यु भएको थियो । त्यसपछि बाँकी सबैको गोली हानेर हत्या गरिएको हो । पुलिस कमाण्डर फुस्तो ब्यूनानोका अनुसार कैदीहरुले ह्याण्ड ग्रिनेटसमेत प्रहार गरेका थिए ।
४ सय जना प्रहरी अधिकारीको प्रयासपछि जेल पुनः नियन्त्रणमा लिइएको छ । यो जेलमा विश्वका कुख्यात लागूऔषध तस्करहरुलाई राखिएको थियो ।

शक्तिशाली मेक्सिकन लागूऔषध तस्कर समूह अहिले इक्वेडरमा सक्रिय छ । त्यही समूहले यो विद्रोहको सुरुआत गरेको बताइएको छ । इक्वेडरका जेल सेवा निर्देशक बोलिभर गार्जोनले स्थानीय रेडियोसँग यो घटनालाई ‘भयानक’ भनेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo