KhabarUjyalo

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

१४ आश्विन २०७८, बिहीबार
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ ।

प्रधानमन्त्रीले संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै आज (बिहीबार) १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले आफूहरु यो बैठकमा नजाने बताए । वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा आफ्नो असमति रहेकोले बैठकमा नजाने उनको भनाई छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo