KhabarUjyalo

‘द भ्वाइस अफ नेपाल’का विजेता किरणलाई किन रोक लगाईयो नेपाल प्रवेशमा !

१३ आश्विन २०७८, बुधबार
‘द भ्वाइस अफ नेपाल’का विजेता किरणलाई किन रोक लगाईयो नेपाल प्रवेशमा !

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’का विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

गजमेर नेपालभाषी अमेरिकी नागरिक भएकाले उनलाई नेपाल प्रवेशमा रोक लगाइएको हो । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउने व्यवस्था अनुसार गजमेरले सो अवधि गुजारिसकेका छन् ।

अब गजमेर सन् २०२१ भर नेपाल आउन पाउँदैनन्, गजमेर सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् ।

गजमेर असोज ११ गते कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए । सोही दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट उनलाई अमेरिका फिर्ता पठाइदिएको थियो।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo