KhabarUjyalo

बोगटानमा एमाले प्रदेश कमिटी सदस्य सहित माओवादीमा प्रवेश

१३ आश्विन २०७८, बुधबार
बोगटानमा एमाले प्रदेश कमिटी सदस्य सहित माओवादीमा प्रवेश

डोटी : डोटीको बोगटान फुडसील गाउँपालिकाका एक सय जना बिभिन्न पाटीका नेता तथा कार्यकर्ता नेकपा माओवादी पार्टीमा प्रवेश गरेका छन । सहजपुर–बोगटान हुँदै दिपायल जोड्ने हालै ट्र्याक जोडिएको सडकको अनुगमनका लागि डोटी पुग्नुभएका मुख्य मन्त्री त्रिलोचन भट्टले पाटीमा टिका माला लगायर स्वागत गर्दै पार्टीको बिधी बिधान अनुरुप काम गर्दै डोटी जिल्लामा पाटीलाइ पहिलो बनाउन लाग्न समेत निर्देशन दिनुभएको थियो। माओवादी पाटी हजारौ जनताको त्याग तबश्य बलिदान बाट जनता, गरिब, निमुखा, दलितको हक अधिकार को लागि लडेर आएको पार्टी भएकाले त्यो बुझ्नु पर्ने जरुरी रहेको बताउनुभयो।

नेपाली कांग्रेस र नेकपा एमाले पार्टी परित्याग गरी माओवादी पाटीमा एक सय जनाले पाटी परिवेश गरेको नेकपा माओवादीका पार्टीका जिल्ला संयोजक जंग बहादुर बिकले बताउनुभयो। नेकपा एमालेका प्रदेश कमिटी सदस्य डम्मर बम, नेकपा एमालेबाट निर्बाचित वडा सदस्य सुरज कुडमाल, वडा सचिव सुनिल बिष्ट लगायतले परित्याग गरी नेकपा माओवादीमा प्रवेश गरेको छ। त्यस्तै नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि चक्र बहादुर केसी, शिद्ध बिक लगायतले काग्रेस परित्याग गरेर माओवादीमा प्रवेश गरेको पार्टीले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo