KhabarUjyalo

एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री मन्त्री बन्दै !

१३ आश्विन २०७८, बुधबार
एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री मन्त्री बन्दै !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री हुनेको नाम टुंगो लगाएको छ । सरकारले दल विभाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो ।

एकीकृत समाजवादीबाट विरोध खतिवडाले सरकारको नेतृत्व गर्ने भएका छन् । यस्तै, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आलेमागर, जीवनराम श्रेष्ठ मन्त्री हुने टुंगो लागेको छ । यस्तै, किसान श्रेष्ठ र भवानी खापुङमध्ये एक जना मन्त्री हुनेछन् ।

एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लागेको पुष्टि गरेका छन् । सो पार्टीले नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको स्रोतको दाबी छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo