KhabarUjyalo

डोटिमा ३ वर्षे बहिनीलाई बलात्कारको आरोप दाजु पक्राउ

१२ आश्विन २०७८, मंगलवार
डोटिमा ३ वर्षे बहिनीलाई बलात्कारको आरोप दाजु पक्राउ

डोटी – बहिनी नाता पर्ने तीन वर्षे बालिका बलात्कार गरेको आरोपमा १७ वर्षे किशोर पक्राउ परेका छन् । जिल्लाको सायल गाउँपालिकाका ती किशोरलाई शिखर नगरपालिका–११ स्थित आफन्तको घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटना सोमबारको भए पनि प्रहरीले मंगलबार मात्रै पक्राउ गरेको हो । बहिनी नाता पर्ने छिमेकी काकाको छोरीलाई पानी खुवाउने भन्दै आफ्नो घर भित्र लगेर बलात्कार गरेको प्रारम्भिक उजुरी परेको थियो । बलात्कार पछि किशोर फरार रहेका थिए ।

बलात्कृत बालिकाको जिल्ला अस्पताल डोटीमा स्वास्थ्य उपचार तथा चेकजाँच भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तीराज जोशीले बताए । उनका अनुसार प्रारम्भिक स्वास्थ्य जाँचमा बालिकाको रगत बगेको देखिए पनि उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । घटनाका विषयमा थप अनुसन्धार जारी छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo