KhabarUjyalo

डोटीमा जिप र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, ३ जना घाइते

१२ आश्विन २०७८, मंगलवार
डोटीमा जिप र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, ३ जना घाइते

धनगढी। डोटीबाट धनगढी आउँदै गरेको जिप दुर्घटना भएको छ । जिल्ला समन्वय समिती डोटीको जिप भिमदत्त राजमार्ग अन्तरगत हगुल्टे भन्ने स्थानमा दुर्घटना भएको हो ।विपरित दिशाबाट आइरहेको ना २ ख ७०८३ नम्बरको ट्रक र जिल्ला समन्वय समिती डोटीको जिप एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जना घाईते भएका छन्। दुर्घटनामा परि जिपमा सवार जिल्ला समन्वय समितीका प्रमुख राम बहादुर ऐर,सदस्य सग्राम नेपाली र चालक हेमराज खनाल घाईते भएको जनाइएको छ।

यस्तै जिपमा सवार समन्वय समितीका सदस्य घनश्याम जोशी, दिपायल सिलगढी नगरपालीका ५ का दिलीप कुमार श्रेष्ठ सकुशल रहेको जनाइएको छ । घाईतेको अवस्था सामान्य रहेको छ भने जिपको अघाडीको भागमा क्षेती पुगेको जनाइएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo