काठमाडौं, १२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्दा दुईजना नागरिक समाजका अगुवालाई पनि समेट्ने भएका छन् । सत्ता गठबन्धनका मुख्य दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसबीच यसमा सहमति जुटेको बुझिएको छ ।
नागरिक अगुवालाई मन्त्री बनाउनेमा जसपा भने असहमत भएको बुझिएको छ । मन्त्रीहरुको भागवण्डामा संख्या बढाउनका लागि जसपाले असहमति राखेको बुझिएको छ ।
नागरिक अगुवामध्ये दुईजनालाई मन्त्री बनाउने सहमति बनाइएको छ । प्रधानमन्त्री देउवाले वरिष्ठ अधिवक्ता शम्भु थापा र नागरिक समाजबाट वरिष्ठ अधिवक्ता गोविन्द बन्दी मन्त्री बनाउने चर्चामा रहेका छन् । उनीहएउले प्रतिनिधि सभा विघटनविरुद्धको कानुनी लडाईंमा महत्वपूर्ण भूमिका खेलेका थिए । आज या भोलिभित्र नै टुंगो लगाइने बुझिएको छ ।