KhabarUjyalo

कृष्णपुर नगरपालिकामा किशोरी स्वास्थ्य सम्बन्धि प्रधानाप्राध्यापक, शिक्षकसङ्ग अन्तरक्रिया कार्यक्रम

१२ आश्विन २०७८, मंगलवार
कृष्णपुर नगरपालिकामा किशोरी स्वास्थ्य सम्बन्धि प्रधानाप्राध्यापक, शिक्षकसङ्ग अन्तरक्रिया  कार्यक्रम

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाको आयोजनामा किशोरी स्वास्थ्यको विद्यालयका प्रधानाप्राध्यापक, शिक्षकको भुमिका तथा नि:शुल्क भेन्डिङ्ग मेसिन बितरण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार कृष्णपुर नगरपालिका र मेडीटेक इन्टरनेशनलको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

महिलाको पाठेघर समस्या न्यूनीकरणका पहिलो चरण विद्यालयस्तरमा सचेतनामुलक कार्यक्रम नगरपालिकाको सहकार्यमा किशोरी स्वास्थ्य बारे प्रधानाप्राध्यापक, शिक्षकसङ्ग अन्तरक्रिया कार्यक्रम गरिएको मेडीटेक इन्टरनेशनलका कार्यक्रम संयोजक बिश्वराज पंगेनी बताए । मेसिन कसरी प्रयोगमा ल्याउने भन्ने बारेमा विद्यालय गएर जानकारी गराइने बताए । सो कार्यक्रम कैलाली कंचनपुरमा स्थानीय तहसङ्ग सहकार्य गरेर किशोरी स्वास्थ्यको विद्यालयका प्रधानाप्राध्यापक, शिक्षकको भुमिका तथा नि:शुल्क भेन्डिङ्ग मेसिन बितरण कार्यक्रम गर्न लागेको पंगेनी बताए ।

किशोरी स्वास्थ्य सम्बन्धि पहिलो चरणमा १० बर्ष र दोस्रो चरण १५ गरि २५ बर्ष किशोरी तथा महिलाको स्वास्थ्य शिक्षा सम्बन्धि कार्यक्रम रहेको मेडीटेक इन्टरनेशनलका निर्देशक बिनोद पाण्डेयले बताए ।

उक्त कार्यक्रममा कृष्णपुर नगरपालिका भित्रका प्रधानाप्राध्यापक, शिक्षक तथा शिक्षिका सहभागी भएका थिए । कार्यक्रममा विद्यालयलाई सेनिटरी प्याड भेन्डिङ्ग मेसिन बितरण गरिएको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo