KhabarUjyalo

एकीकृत समाजवादीले सरकारमा जाने नाम टुंग्यो, सुदूरपश्चिमका यी नेता मन्त्री बन्दै !

११ आश्विन २०७८, सोमबार
एकीकृत समाजवादीले सरकारमा जाने नाम टुंग्यो, सुदूरपश्चिमका यी नेता मन्त्री बन्दै !

धनगढीः नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ। समाजवादी निकट स्रोतका अनुसार आइतबारको गठबन्धन बैठकमा अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट सूची बुझाएका हुन्। 

नेकपा एसका एक नेताले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम देउवालाई दिएको बताए। प्रेम आले सुदूरपश्चिको डोटी जिल्लाबाट निर्वाचित संघीय सांसद हुन्। नेकपा एसले ६ मन्त्रालय पाउँदैछ। बाँकी एकजना भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकलाई पठाउने तयारी छ। सरकारमा जाँदा विरोध खतिवडाले नेतृत्व गर्ने भन्ने टुंगिए पनि पाउने मन्त्रालय भागबण्डा अझै टुंगिएको छैन। ती नेताले मन्त्रालयमा गठबन्धनबीच सहमति भएपछि मात्रै कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुंगिनेछ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo