KhabarUjyalo

८ दिनदेखि बेपत्ता भएका अछामका एमाले नेता रावत मृत भेटिए

११ आश्विन २०७८, सोमबार
८ दिनदेखि बेपत्ता भएका अछामका एमाले नेता रावत मृत भेटिए

अछाम : बान्निगढी जयगढ गाउँपालिका ६ दर्नाका समाजसेवी तथा नेकपा एमालेका नेता धन बहादुर रावत मृत भेटिएका छन् ।

असोज ४ गते देखी बेपत्ता रहेका रावत दर्नाको रवा लेक भन्ने स्थानमा उहाँको शव भेटिएको हो ।

असोज ४ गते जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारको अनन्ते मेला हेर्न गएका रावत त्यो दिनको रातिदेखि बेपत्ता रहेका थिए । खोजी गर्ने क्रममा रावतको सब सोमवार बिहान कालारवा लेकको जङ्गलमा भेटिएको हो ।

रावतको खोजीका लागी स्थानीय सँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । मोबाइल लोकेसनका आधारमा खोजी गर्दै उनको सब भेटिएको प्रहरिले बताएको छ ।

रावत स्थानीय तहको निर्वाचनमा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको वडा अध्यक्षको उम्मेद्वार बन्नु भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo