गलरिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिका– ५ मा चितुवाले खोरमा प्रवेश गरेर २२ वटा खसी तथा बाख्रा मारेर क्षति पुर्याएको छ ।
सन्तोषी टोलमा स्थानीय चन्द्रकान्त पौडेलले सञ्चालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा आइतबार राति चितुवा खोरमा प्रवेश गरेर २२ वटा खसी र बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीका अनुसार क्षतिको पूरा विवरण आइसकेको छैन । चितुवा खोरमा प्रवेश गरेर क्षति पुर्याएपछि व्यवसायी पौडेल तनाबमा परेका छन् ।