कञ्चनपुरः कञ्चनपुरमा नेपाली कांग्रेसका ३३ जना क्रियाशील सदस्यहरुले पार्टी परित्याग गरेका छन्। कृष्णपुर नगरपालिका–२ मा कांग्रेसका ३३ जना क्रियाशील सदस्यहरुले विज्ञप्ति जारी गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
‘हाल नेपाली कांग्रेस विपीको राष्ट्रियता, प्रजातन्त्र र सामाजिक न्यायको मार्गदर्शनबाट विचलित भइ व्यक्तिगत एवम् गुटगत स्वार्थमा डुबेको, आसेपासे र चाकडीवाजहरूलाई काखी च्यापेको, इमान्दार र कर्तव्य निष्ठ कार्यकर्तालाई पाखा लगाएको, भ्रष्टाचारी, अनैतिकता र गैरराष्ट्रबादी छवि मौलाउदै गएको, विपिको राष्ट्रवादी चरित्रमा दाग लागेको छ’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाली कांग्रेसका पूर्व आमन्त्रित जिल्ला सदस्य बलराम पन्तले पार्टीभित्र विश्वासघात र विश्वास घातीहरु भएकोले पार्टी परित्याग गर्न बाध्य भएको बताए।