KhabarUjyalo

ल्याण्डिङ गियर फेल भएर बुद्ध एयरको जहाज २ घण्टा आकाशमा घुमेपछि आकस्मिक अवतरण

११ आश्विन २०७८, सोमबार
ल्याण्डिङ गियर फेल भएर बुद्ध एयरको जहाज २ घण्टा आकाशमा घुमेपछि आकस्मिक अवतरण

काठमाण्डाै – विराटनगरमा अवतरण हुन नसकेपछि काठमाण्डौ फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण भएको छ । झण्डै दुई घण्टासम्म आकाशमा घुमेपछि जहाजलाई आकस्मिक अवतरण गराइएको हो । 

बिहान ८ बजेर ३० मिनेटमा विराटनगरका लागि उडेको जहाज ल्याण्डिङ गियरमा समस्या भएपछि काठमाण्डौ फर्किएको थियो । जहाजलाई प्राथमिकतामा राखेर सफलतापूर्वक अवतरण गराइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo