KhabarUjyalo

मन्त्रीको नाम टुंग्याउदै माओवादी केन्द्र !

११ आश्विन २०७८, सोमबार
मन्त्रीको नाम टुंग्याउदै माओवादी केन्द्र !

काठमाडौं ।नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे छलफल भैरहेको नेता गणेश साहले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा यसबारेमा ब्रिफिङ गर्दैछन् । बैठकमा पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ ।

यसअघि आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको थियो । प्रधानमन्त्री देउवाले मन्त्रीहरुको लिस्ट दिन भनेका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo