५ कार्तिक २०७८, शुक्रबार

असन्तुष्ट बनेका भीम रावल केन्द्रिय कमिटीको बैठकबाट बाहिरीए !

१० आश्विन २०७८, आईतवार
असन्तुष्ट बनेका भीम रावल केन्द्रिय कमिटीको बैठकबाट बाहिरीए !

नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न भएको दश बुँदे सहमति कार्यान्वयनमा नेतृत्व गम्भीर नभएपछि माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरू असन्तुष्ट छन्।

अझ विशेषगरि सुदूरपश्चिमको हकमा सहमति अनुसार २ जेठ २०७५ को अवस्थामा पार्टीलाई क्रियाशील नगरिएको भन्दै एमाले उपाध्यक्ष भीम रावल असन्तुष्ट बनेका छन्।

केन्द्रीय कमिटीको बैठकमा नै नेताहरूले यस विषयमा असन्तुष्टि व्यक्त गरिसकेका छन्। आजको केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो। तर, उक्त बैठकमा पनि ठोस सहमति भने भएन। तेस्रो दिनको केन्द्रीय कमिटी बैठक बसिरहेको छ।

आइतबार बैठकमा केहीबेर सहभागी भएका उपाध्यक्ष भीम रावल भने बाहिरिएका छन्। उनले प्रतिक्रिया दिन मानेनन्। तर, उनीनिकट एक नेताले भने अहिले उपाध्यक्ष रावल नबोलेर सहमति लागू हुन्छ कि हुन्न भन्नेमा पर्खिरहेको बताउँछन्।

उहाँ अहिले मौन बस्ने र समय आएपछि बोल्ने भन्नेमा हुनुहुन्छ,ती नेता भन्छन्, कहिलेकाहीँ मौन बसेर गतिविधिलाई हेर्नुपनि पर्छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
32 Shares
Tweet
Share32
Share
Pin